अटो दुर्घटना तीन जना घाइते

86

दाङ लमही नगरपालिका- ४ चैलाहीमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा गढवा गाउँपालिका- ६ गढवा बजार निवासी ७२ वर्षीय उमाकान्त पन्त, गढवा गाउँपालिका- ६ मधपुर निवासी वर्ष ४० का रवी विश्वकर्मा र सोही ठाउँकी ७२ वर्षीया जुठी वली रहेका छन्।

विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तको अवस्था मध्यम रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।गढवाबाट लमहीतर्फ आउँदै गरेको रा १ ह २१५४ नम्बरको अटोलाई र सोही दिशाबाट लमहीतर्फ आउँदै गरेको प्रिन्स बोर्डिङ स्कूलको बा १ क ९०१० नम्बरको बसले झुक्याउँदा अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।घाइतेलाई उपचारका लागि लमही अस्पतालमा भइरहेको छ।