गर्भवती महिलाले अन्डा खानु हुँदैंन ?

38

काठमाडौं । गर्भावस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् ।

कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । यो अवस्थामा खानपानदेखि लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ ।
गर्भवती भएको अवस्थामा खान नहुने कुराहरु

अण्डा

अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।

हरियो आलू

हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ । जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ ।

भुईकटहर

भुईकटहरमा ब्रोमलिन हुन्छ । भुईंकटहरको जुस अत्यधिक पिउँदा प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन।

रक्सी

एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भवना हुन्छ । रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ ।

धेरै नुन

गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ । साथै शरीर सुनिने पनि गर्छ ।
घ्यु कुमारी– गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ । त्यसले यसको प्रयोग गर्नुहुँदैन ।

माछा

माछामा पारो धातुको मात्र उच्च हुन्छ । जुन सेवन गर्नाले आमा र बच्चा दुवैलाई असर गर्छ ।