सुनको मूल्य घट्यो

33

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।