Monday, September 28, 2026
Home राजनीति उपराष्ट्रपति उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक बस्दै

63

काठमाडौँ । सत्ता गठबन्धनको बैठक अहिले केही बेरमा  सिंहदरवारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ।  जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम भएपछि मनोनयन दर्ता गराएकी प्रमीला कुमारीले उम्मेदवारी फिर्ता लिने भएकी छिन्।

यादवको उम्मेदवारीविरुद्ध उजुरी परेपछि जसपाले प्रमीला कुमारीको समेत मनोनयन दर्ता गराएको थियो। निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीउपर निर्णय गर्दै यादवको उम्मेदवारी कानुननविपरीत नभएको जनाएसँगै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी हुन्। यस्तै, जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाको विषयमा के गर्ने भन्नेबारे बैठकमा छलफल हुने जसपा नेता प्रदीप यादवले बताए। निर्वाचन आयोगले आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको छ।