पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

39

काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रा. डा.मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।