Sunday, September 27, 2026
Home समाचार सहमति भएपनि अझै सञ्चालनमा आएनन् सार्वजनिक यातायात

सहमति भएपनि अझै सञ्चालनमा आएनन् सार्वजनिक यातायात

75

काठमाडौँ । सरकार र यातायात मजदुर संगठनबीच सहमति भएर आन्दाेलन स्थगित भए पनि सार्वजनिक सवारीसाधन अझै पूर्णरूपमा सञ्चालनमा आएका छैनन्।

अरूबेला राजधानी काठमाडौँका सार्वजनिक सवारीसाधनको बाक्लो चाप रहेको देखिन्थ्यो। तर आज भने धेरै निजी साधन मात्र सडकमा देखिन्छ। सोमबार चर्को आन्दोलन गरेको मजदुर संगठनले आज गाडी नचलाउने घोषणा गरेको थियो। तर आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई पक्षीय वार्तापश्चात् आन्दाेलन स्थगित भएकाे हो।

हिजाे ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातायात मजदूरहरूले काठमाडौँको बालाजुमा प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेका थिए। यस्तै, बालाजुको माछापोखरीस्थित अस्थायी प्रहरी बिट पनि जलाएका थिए। ट्राफिक जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको ट्राफिक लाइसेन्स निलम्बन गरिएको भन्दै उनीहरूले आन्दाेलन गरेका हुन्।