Thursday, October 1, 2026
Home समाचार बन्चरो प्रहार गरी आमाको हत्या

बन्चरो प्रहार गरी आमाको हत्या

49

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गए राती आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।

सोमबार राती बाघमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन ।

बन्चरो प्रहार बाट गम्भीर चोट लागेका कारण उनको उपचारका लागि लालरत्न अस्पताल बाट रिफर गरी नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लगिसकेको जानकारी दिएको छ।