प्रधानमन्त्रीको अप्रेशन गरिँदै

163

मंसिर १०,
काठमाडौँ– स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ ।त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा। अरुण सायमीले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको बताए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।