फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

48

बीबीसी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमवार भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका एक सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ। सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए। उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ। आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ।