सोमबार बिजुली अवरुद्ध

227

काठमाडौँ । पाकिस्तानमा सोमबार देशभर बिजुली अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएको कारण पाकिस्तानका २२ करोड मानिसहरु प्रभावित भएका छन् । कराँची र लाहोरजस्ता सहरमा समेत विद्युतको प्रवाह ठप्प भएको छ ।

पाकिस्तानमा जटिल सञ्जालमार्फत् विद्युत वितरण हुने गरेको छ । विद्युत वितरण प्रणालीको एउटा ग्रिडमा समस्या उत्पन्न भएको खण्डमा यसबाट देशभर प्रभाव पार्ने बताइन्छ । पाकिस्तानमा तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो । सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा त्रुटि आएको कारण यस प्रकार देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ ।

राजधानी र उत्तरपश्चिमी सहर पेशावरका केही भागमा सीमित विद्युत पुर्नस्थापनासँगै मर्मत कार्य चलिरहेको थियो ।

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह सहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युतविहीन रहेको जनाइएको छ । जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखा पर्दा सम्पूर्ण देशभर अन्धकार भएको थियो ।