Thursday, October 29, 2026
Home खेलकुद काठमाडौँले जित्यो टस, जनकपुरलाई दियो बलिङको निम्तो

काठमाडौँले जित्यो टस, जनकपुरलाई दियो बलिङको निम्तो

5

काठमाडौँ : नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरको दोस्रो खेल हो। यता पहिलो खेल खेल्न लागेको काठमाडौँ विजयी सुरुवात गर्ने दाउमा छ ।काठमाडौँ : नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएको छ।

पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरको दोस्रो खेल हो। यता पहिलो खेल खेल्न लागेको काठमाडौँ विजयी सुरुवात गर्ने दाउमा छ । पहिलो खेल हारेको जनकपुर पुनरागमनको खोजीमा हुनेछ भने काठमाडौं जितसहित प्रतियोगिताको थालनी गर्न चाहन्छ। पहिलो संस्करणको च्याम्पियन जनकपुरका लागि दोस्रो संस्करण बिर्सनलायक बन्यो। गत वर्ष तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पुनरागमनको लक्ष्यमा रहे पनि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोर्‍यो। एनपीएलमा अहिलेसम्म यी दुईबीच २ पटक भेट भएको छ। पहिलो संस्करण जनकपुर ५ विकेटले विजयी हुँदा दोस्रो संस्करण काठमाडौं पनि समान ५ विकेटले नै विजयी भएको थियो।