बढ्यो सुनचाँदीको मूल्य

27

काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार दुई सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।