राष्ट्र बैंकको निर्देशनः एटीएममा स्यानिटाइजर र ढोका खुला राख्नु पर्ने

329

भदौ १०,
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने निर्देशन दिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएको हो ।

एटीएमका ढोकाहरु पनि खुलै राख्नु राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राष्ट्र बैंकले निर्देशन दिएको हो । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिए । एटीएममा धेरै मान्छेको आउँजाउँ भइरहने र यसबाट पनि संक्रमण फैलन सक्ने सम्भावना रहेका कारण सतर्कताका लागि यस्तो निर्देशन जारी गरिएको हो ।