लुम्बिनीमा आज एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

93

दाङ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।

प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए ।

माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीकाे कार्यकाल आधा/आधा हुनुपर्ने अडान राखेकाे थियो ।