नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु

134

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपछि आगामी रणनीति तय गर्ने पोलिटब्युरो बैठक बोलाइएको हो।

पार्टीभित्र नेताहरू सरकारमा जानुपर्ने र जानु नहुने गरी दुई धारमा बाँडिएका छन्। अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकमा छलफल गर्ने उनले खतिवडाले बताए।