सेयर बजारमा ओरालो

21

काठमाडौं । साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ ।  बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो ।

आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर किनबेच भएको छ ।

यस्तै, एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।