Sunday, September 27, 2026
Home समाचार १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

116

धनगढी । कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा जिल्लाको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए। बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।