जीप दुर्घटना: दुई जनाकाे अवस्था गम्भीर, चार घाइते

25

धनगढी । बैतडीमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बुधबार जिल्लाकाे सुर्नया- ६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए।

उनका अनुसार बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली र ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा पठाइएकाे छ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जीप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो।