Friday, September 25, 2026
Home अर्थ यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

43

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१३ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।

हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ५५, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहँदा रातो आलु ५२ रुपैयाँ ४० पैसा, सेतो आलु ४३ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती १०७ रुपैयाँ ५० पैसा  किनबेच भइरहेको समितिले जनाएको छ ।

किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २३५ रुपैयाँ लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा रहेको छ ।

घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ८६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा,  लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५३ रुपैयाँ २५ पैसा र हरियो धनियाँ १२४ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।