बढ्यो सुनको मूल्य

56
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियाे ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेकाे चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।