राष्ट्रपतिविरुद्ध सत्तारूढ विद्यार्थी संगठनको प्रदर्शन

61

काठमाडाैँ । सत्ता गठबन्धनका युवा संगठनहरूले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध विराेध र्‍याली निकालेका छन्। सरकार निकट संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विराेध र्‍याली निकालेकाे हाे।

राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय पारिदिएपछि बुधबार बसेकाे गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ नि‍ष्कर्ष निकालेको थियो।

बुधबार पनि गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू सडकमा उत्रिइ विरोध जनाएका थिए।

गठबन्धन बैठकले बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ।