Sunday, September 27, 2026
Home समाचार २५ सय ४९ जना सवारी चालकमाथि कारवाही

२५ सय ४९ जना सवारी चालकमाथि कारवाही

359

काठमाडौं । गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।