त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

29

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरेको छ। आज एक सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरिएको हो। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०” बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनमा समिति गठन भएको थियो । उक्त समितिले योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय दरखास्त पेस गर्न आह्वान गरिएको छ।काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरेको छ। आज एक सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरिएको हो।