नेपाली टी-२० लिगका लागि ६ टिममा ५७ स्वदेशी, कुन खेलाडी कुन टिममा?

53

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले महत्त्वका साथ सुरु गर्न लागेको नेपालको आधिकारिक फ्रेन्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल टी-२० फ्रेन्चाइजको खेलाडी ड्राफ्ट पुरा भएको छ।
जहाँ विभिन्न ६ टिमले ५७ स्वदेशी खेलाडीसहित ३३ विदेशी खेलाडीलाई आफ्नो टोलीमा अनुबन्धन गरेका छन्।
क्यानले आइतबार खेलाडीको ड्राफ्ट गरेको हो। यसअघि नै शनिबार ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरिसकेका छन्। अब विदेशी खेलाडीको ड्राफ्ट बाँकी रहेको छ। जहाँ स्टार विदेशी खेलाडी भित्रिँदै छन्।
प्रतियोगितामा काठमाडौँ कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड टिमको सहभागिता रहने छ।
काठमाडौँका मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीमा दीपेन्द्र सिंह ऐरी र विराटनगरमा रोहित पौडेललाई अनुबन्ध गर्दा जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडीका रूपमा टिममा अनुबन्धन गरेको छ।

कुन खेलाडी कुन टिममा?

काठमाडौँ कान्तिपुर: ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी

विदेशी खेलाडी: थिसरा परेरा, दर्शनप्रिया विराककोडी, कामिन्दु मेन्डिस, वीरेन्दीप सिंह र धन्नजय डी सिल्भा

लुम्बिनी अल स्टार्स: दीपेन्द्र सिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलक राज भण्डारी, सुनिल धमला, आकाश चन्द र सिंह पाण्डे

विदेशी खेलाडी: बेन कटिङ, राखिम कोनवेल, प्याट ब्राउन, विपुल शर्मा, लाइरु मिलान्था र निरुवान तुसारा

विराटनगर सुपर किङ्स: रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदिप ऐरी, पृथु बाँस्कोटा र रिजन ढकाल

विदेशी खेलाडी: एन्जेलो म्याथ्युज, जोसुवा पर्सुद, आन्द्रे म्याकार्टी, गौरन्सु शर्मा, मिनोद रन्हासिंहे र केओन जोसेफ

जनकपुर रोयल्स: सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी

विदेशी खेलाडी: एडम लिथ, ट्रेभोन अबसाई गिफ्त, इब्राहिम जाद्रान, राज रक्की ननान र सुभासिंहे प्रियाजान

पोखरा एभेन्जर्स: आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुलबहादुर थापा, विशाल विक्रम केसी, कृष्ण कार्की, विपीन खत्री, सुमित महर्जन र सिद्दान्त लोहनी

विदेशी खेलाडी: मोहम्मद हाफिज, सेक्कुगे प्रासाना, निरोसन डिक्वेला, सलमान इर्साद र शेहन मधुसांका

फारवेस्ट युनाइटेड: करण केसी, विनोद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरि शंकर शाह, शेर मल्ल, वसन्त कार्की, प्रकाश जैशी र हसिम अन्सारी

विदेशी खेलाडी: कार्लोस ब्रेथवेट, दुसान हेमन्था, पुलिना थारगा, जेसन मोहम्मद अल्लाह गाजनफार र जिया उल रहेमान