मोरक्कोसँग भिड्दै स्पेन

35

काठमाडौं । विश्वकप फुटबलमा प्रि-क्वाटरफाइनलका अन्तिम चरणका खेलहरु मंगलबार हुँदै छन्। मंगलबार हुने पहिलो खेलमा मोरक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। एजुकेशन सिटी स्टेडियममा ८:४५ मा हुने खेलमा दुवै टिम जितका लागि मैदान उत्रिँदै छन्।

प्रतियोगितामा मोरक्को समूह ‘एफ’को विजेता र स्पेन समूह ‘ई’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। मोरक्को प्रतियोगितामा अपराजित रहँदै नकआउटमा पुग्दा स्पेन भने अन्तिम खेलमा जापानसँग पराजित भएको थियो। स्पेनले पछिल्लो पटक सन् २०१० मा राउण्ड अफ १६ पार गर्दै च्याम्पियननै बनेको थियो। तर त्यसयता भने स्पेनको टिमले विश्वकपकमा आफ्नो प्रभाव छोड्न सकेको छैन।

मोरक्को भने विश्वकपको इतिहासमा दोस्रो पटक राउण्ड अफ १६ मा पुगेको हो। त्यसोत मोरक्को र स्पेनबीचको इतिहास रोमाञ्चक रहेको छ। यी दुई टिमले अहिलेसम्म विश्वकप अन्तर्गतनै ३ पटक प्रतिस्पर्धा गरेका छन्। १९६१ मा भएका दुई खेलमा दुवै खेलमा स्पेनले मोरक्कोलाई पराजित गरेको थियो। तर पछिल्लो पटक २०१८ मा भएको खेलमा भने दुवै टिमले २-२ गोलको बराबरी खेलेका थिए।