कसले मार्ला बाजी ?

136

जेठ १३,
इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आइतबार राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बइको वाङ्खडे रंगशालामा आइतबार राति नेपाली समय अनुसार सवा सात बजे हुने खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ। हैदरावदालाई हराउँदै चेन्नई यसअघि नै फाइनलमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावादले फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो। यसअघि भएका तीनै खेलमा चेन्नईले हैदरावादलाई हराएको थियो। सातपटक आईपीएलको फाइनलमा पुगेको चेन्नईले दुईपटक उपाधि जितेको छ । सनराइजर्स सन् २०१६ को च्याम्पिन हो। प्रतियोगितको विजेताले २० करोड भारु पाउने छ भने उपविजेता टिमले साढे १२ करोड भारु प्राप्त गर्ने छ।