सूर्यविनायकमा बारिस्टा स्कूल खुल्यो

57

भक्तपुर । विदेश होइन सीप भए नेपालमा नै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ भक्तपुरमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा आएको छ ।

आफू २ वर्ष लन्डन बसेर आफ्नै देशमा केही गर्छु भनेर फर्केर केही वर्षको अध्ययन र साथ सहयोगमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएको यस स्कूलका संचालक बिजय लामिछाने बताउनुहुन्छ । आफू लन्डनमा हुँदा त्यहाँको सीप संस्कारलाई एउटा अध्ययनको रुपमा हेर्ने हो भने नेपालमा नि थुप्रै पूर्खाैली सीप र व्यवसायहरु छन् त्यसलाई एउटा नयाँ शैलीमा प्रस्तुत गरेर व्यवसाय गर्ने हो भने असफल हुने छैन उहाँले आफ्नो जिज्ञासा व्यक्त गर्नुभयो।

हाल जति पनि विदेशिएका विद्यार्थी एवं युवायुवतीहरु छन् उनीहरुले पछि नेपालमा नै केही गर्छु भनेर फर्किदाँ यहाँ थुप्रै अवसरहरुको ठाउँ छ यो कुरा प्राय नेपाली युवावर्गहरुले बुझ्ने हो भने विदेश पलायन हुनु पर्ने जरुरत नै छैन उहाँ बताउनुहुन्छ । त्यस्तै बारिस्टाका संचालक एवं प्रशिक्षक सरोज ढकालले आफू प्रशिक्षक भइरहँदा जति पनि विद्यार्थीहरुले बारिस्टा सिक्छन् उनीहरुको सोच नै बाहिर जाने रहेको छ र त्यही सोचलाई परिवर्तन गर्न यस बारिस्टा स्कूलले बारिस्टा तालिमसँगसँगै यही नेपालमा पनि रोजगारी अवसरहरु प्राप्त गर्न पनि मद्दत गर्ने बताउनुभयो ।

त्यसैगरी यस बारिस्टा स्कूलका अर्का संचालक उमेश बस्नेतले धेरै लागतमा होइन कि थोरै लागतमा पनि युवाहरु मिलेर आफ्नो व्यवसाय शुरु गर्न सक्ने बताउनुभयो । विदेशिने पैसाले नेपालमै केही गर्न सक्यो भने आफ्नो परिवार साथीभाईको साथसहयोग सदैव रह्यो भने विदेशमा कमाउने पैसा भन्दा नेपालमा नै एउटा असल उद्यमी हुन सकिने उहाँ बताउनुहुन्छ । करिब ३५ लाखको लागतमा सञ्चालनमा आएको यस स्कूलको मुख्य उद्देश्य सरल र सुपथ मूल्यमा सीप सिकाउनु रहेको छ ।