Sunday, September 27, 2026
Home राजनीति अहिलेको सरकार भाउजुको सरकार हो, जनताको होइनः एमाले नेता बस्नेत

अहिलेको सरकार भाउजुको सरकार हो, जनताको होइनः एमाले नेता बस्नेत

141

भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेकोसरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटिलेआयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै एमाले नेताबस्नेतले भने ‘वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणाले सरकारचलाएकाले हो ।’ श्रीमान पदमा भएको कुराकोअनुचित लाभ उठाएर अर्बौ कमाउने खेलमा प्रधानमन्त्री पत्नि लागेको उनको भनाई छ ।

‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमालेका अध्यक्ष ओली एक नम्बरमा,वर्तमान प्रधानमन्त्री देउवा दुइ नम्बरमा, प्रचण्ड तीन र आरजू राणा चार नम्बरमारहेको छन्,’ बस्नेतले भने ।
प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशकोलागि र्दुभाग्य हुने एमाले नेता बस्नेतको भनाई छ । काठमाडौंका मेयर बोलन्द्र साहप्रति लक्षित गर्दै बस्नेतले भत्काएर देश नबन्नेहुदाँ निर्माण गरेर मात्रै देश बन्ने भएकाले काम गरेर खाने मानिसको उठिबास लगाउन नहुने बताए ।
कार्यक्रममा बोल्दै नेता बस्नेतले भने विकल्प दिएर मात्रै भत्काउन उचित हुन्छ । आगामी निर्वाचनमा एक बुथ दुई सय युथको अवधारणा एमालेले अगाडी सारेकालेसोही अनुसार तयारी गर्न बस्नेतले पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

‘निर्वाचनमा गठबन्धनले व्यापक शक्तिको दुरुपयोग गर्ने संम्भावना भएकाले तयारी अवस्थामारहन् युवाहरुलाई आग्रह गर्दछु,’ एमाले नेता बस्नेतले भने ।
कार्यक्रममा एमालेका नेता सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजा, शिवरामतिमल्सिनालगायतले मंसिर चार गते हुने निर्वाचनमा भक्तपुर जिल्ला एमालेमय बनाउन सबैएकजुट हुनु पर्ने बताए । सो कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका पार्टी परित्यागगरि २ सय७० जना एमालेमा प्रवेश गरेको एमालेका सचिव मोहनवीर श्रेष्ठले जानकारी दिएकाछन् ।