Sunday, September 27, 2026
Home मनोरन्जन आजभोली करिना कपुर किन दिक्क हुदैं छिन्

आजभोली करिना कपुर किन दिक्क हुदैं छिन्

312

असोज १३,
मुम्बई । बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन्। करिना आफ्ना छोरा तैमुरकी केयरिङ आमा मात्रै होइनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन्। करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् रु करिनाले भनिन्, ‘अहिलेको समयमा सोसल मिडियाले हाम्रो जीवनमा धेरै असर पारेको छ। सोसल मिडियाको नकारात्मक असरबाट छोरी सायरालाई टाढा राख्न मैले दिदी करिश्मालाई बारम्बार सम्झाउने गरेकी छु।

समायरालाई ज्यादा सोसल मिडिया प्रयोग गर्नबाट रोक लगाउनुपर्छ।’ करिनाले भनिन्, ‘करिश्माकी १४ वर्षकी छोरी छन्। उनी ज्यादा समय सोसल मिडियामा व्यस्त रहन्छिन्। मैले लोलो ९करिश्मा० लाई यो सब कम गर्न भनेकी छु। सोसल मिडियाको चक्करमा घण्टौं एकै ठाउँमा बसिरहनु राम्रो होइन।’
करिना अक्षय कुमारसँग फिल्म ‘गुड न्युज’ मा देखिँदै छिन्। यसका साथै उनी इरफान खानको फिल्म ‘अंग्रे जी मिडियम’ र करण जौहरको ‘तख्त’ मा पनि काम गरिरहेकी छन्।