छाउपडि कुप्रथा अन्त्य गर्न फिल्ममार्फत सन्देश

415

chhaupadi
लालबहादुर विक
पुस ४
अछाम
अहिले विभिन्न सन्देश मुलक सर्ट फिल्म बनाउँने हरुकोक्रम बढिरहेकाबेला अछाममा पनि अछामका सक्रिय युवाहरुको सक्रियतामा अछामी भाषाको दोस्रो फिल्म कोपिला निर्माण भएको छ । फिल्ममा सुदुर पश्चिममा कुप्रथाको रुपमा रहेको छाउपडि कुप्रथाले गर्दा महिलाहरुले छाउ गोठमा भोग्नु पर्ने पिँडा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको बारेमा चर्चापरिचर्चा गर्दै यो कुनै प्रथा होईन यो कुप्रथा हो यसलाई मान्नु हुदैन सबैले लागेर यो कुप्रथाको अन्त्य गर्नु पर्छ सन्देश दिने र यो चलनलाई कम गर्न टेवा पुग्ने कलाकार जनक साउँदले बताउनु भयो । उहाँले भन्नु भयो यो फिल्म अछामको पर्यटकिय क्षेत्र विनाएकको पञ्चदेवल देखि अछामका केहि पर्यटकिय क्षेत्रमा निर्माण गरिएकोले यसले पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा पनि सघाउने साउँदले दाबि गर्नु भयो । यो फिल्म युटुवमा राखिएको आज एक हप्ता भयो आज सम्म उक्त फिल्म २०९७ वनाले हेरिसकेका छन । फिल्ममा अछामि माग्ने बुढाको नामले प्रचलित सुदुर पश्चिमका हास्य कलाकार जनक साउँद, गाएक तथा हास्य कलाकार हर्क विरही, कलाकार दिपक रावल, काजल परियार लगाएतका कलाकार हरुको मुख्य भुमिका रहेको छ ।