नेप्सेमा गिरावट

51

काठमाडौ । आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक ९०.३७ प्रतिशत० ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।

आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको १२ करोड २८ लाख ५१ हजारको कारोबार हुँदा अपी पावरको १० करोड २ लाख २६ हजारको कारोबार भएको छ । दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १३२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।