Monday, September 28, 2026
Home अपराध बहिनीसंग मिलेर श्रीमानको हत्या

बहिनीसंग मिलेर श्रीमानको हत्या

142
सांकेतिक चित्र

बागलुङ । बहिनीसंग मिलेर एक जना श्रीमतीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ। बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिका-५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिर्पटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए। पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन्।

२०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन्। घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृत शरीर भेट्टिए पनि टाउको हालसम्म फेला परेको छैन। कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। भिनाजुको हत्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए। -thahakhabr