६ जना मृत अवस्थामा फेला

72

काठमाडौं । दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको धार्चे गाउँपालिका–४ खोर्ला घर भई आरूघाट गाउँपालिका–९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

बागलुङको बागलुङ जैमिनी नगरपालिका–१ कोप्चेस्थित सडकको नालीमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा तथा राजविराज नगरपालिका–१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।