Thursday, October 22, 2026
Home समाचार अब भारतका रामदेवको पतञ्जली होइन नेपालकै पातञ्जल योग

अब भारतका रामदेवको पतञ्जली होइन नेपालकै पातञ्जल योग

196

असोज १५,
भक्तपुर । पतञ्जली योग समिति अबैध रुपमा संचालित भई नेपालको राष्ट्रियतामा आँच आउँने काम गरेको भन्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिधिवत रुपमा दर्ता गरि पतञ्जली योग समिति त्यागेर पातञ्जल योग समितिको केन्द्रिय तथा जिल्ला समिति गठन गरिएको बताए ।
पतञ्जली योग समिति नेपालमा दर्ता नभएको संस्थाले नेपालको राष्ट्रियता, अखण्डतामा आँच पुग्ने गरि काम गरेपछि त्यसलाई रोक्न बाध्य भएर नयाँ सस्था दर्ता गरेको उनको भनाई रहेको छ ।

नेपालका झण्डा, ब्यानर र लोगो प्रयोग गर्न माग गर्दै विधि सम्वत् संचालन गर्न माग गर्दा नमाने पछि बाध्य भएर छुटिएर पातञ्जल योग समिति गठन गरेका हौं, अध्यक्ष सुवेदीले भने । पतञ्जलीले सयौ व्यक्तिलाई प्रतिव्यक्ति रु. १ लाख भारुमा आजिवन सदस्य बनाएर करोडौ रुपैया नेपाली रकम भारत लगेको र नेपालमा हरेक वर्ष संकलन हुने करोडौ रुपैया अनियमितता हुने गरेको उनको आरोप छ । नेपाली राष्ट्रियताको पक्षमा उभिदै, नेपाली झण्डा, नेपाली ब्यानर र नेपाली लोगोको प्रयोग गरि विधिवत रुपमा दर्ता गरेर केन्द्रिय तथा जिल्ला समितिहरु गठन गरेका छौ, यसलाई ७७ जिल्ला मै बिस्तार गर्ने उनको भनाई रहेको छ ।