Tuesday, September 22, 2026
Home समाचार राष्ट्रिय सभा अध्यक्ष केबलकारमा अड्किएपछि…

राष्ट्रिय सभा अध्यक्ष केबलकारमा अड्किएपछि…

107

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा केहि समय अड्किएको थियो। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। उनी चन्द्रागिरी डाँडामा जाँदै थिए।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ। विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए। चन्द्रागिरीका केबलकार प्रलिका अनुसार केबलकार १५ मिनेटमात्रै अड्किएको थियो।