अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन

38

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् । जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने बताइएको छ । समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।