पाल्पा–बुटवल सडक खण्डमा अबको तीन दिन यात्रा गर्दा ध्यान दिनुस्

185

मंसिर १५,
बुटवल । मंसिर १७ गते देखि १९ गते सम्म पाल्पा बुटवल सडक खण्ड स्तरोन्नति हुने भएकाले दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको तिनउ गाउँपालिका दोभानको चिडियाखोला देखि भुतखोलासम्म स्तरोन्नति हुन लागेको हो । बिहान १० बजे देखि साँझ ४ बजे सम्म केराबारी देखि चिडिया खोला सम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाका सृुचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । सडक खण्डमा खसेको ढुङ्गा हटाउनु पर्ने र अन्य स्थानमा मर्मत गर्नु पर्ने भएकोले विरामी बोकेका एम्वुलेन्स बाहेक दैनिक ६ घण्टा सम्म बन्द गरिने आचार्यले बताए । सो सडक खण्डको शिद्धबाबा देखि पाल्पा दोभान सम्म ढुङ्गा खसेर पटक पटक ठुलो मानविय क्षति हुँदै आएको छ । -ratopati