कप्तान रेनुका १० साता मैदान बाहिर रहने

47

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो ।

१९औं एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान रेनुकाको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो । सोमबाररै सातदाबोटोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएकी रेनुकाको सोही दिन राति शल्यक्रिया भएको थियो ।

यस अघि मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडासँगै महासचिव किरण राईले रेनुकालाई अस्पतालमै भेटेका थिए ।