तपाईंको वरपर चट्याङ् परिरहेको छ ? यसो गर्नुहोस्

98

काठमाडौ । तपाईंको वरिपरी चट्याङ् सहित पानी परिरहेको छ । यस्तो समयमा यसो गर्नुस् ।
– घरमै बस्नुहोस्, झ्याल ढोका बन्द गर्नुहोस् ।
– विद्युतीय सामग्री स्वीचवाट हटाउनुहोस् ।
– विजुलीका तार र धातुसँग नखेल्नुहोस् ।
– धाराको पानी नचलाउनुहोस् ।
– बाहिर हुनुहुन्छ भने रुखको ओत नलाग्नुहोस् । जीउलाई सानो वनाएर खुम्चिएर टुक्रुक्क वस्नुहोस् । बाहिर बसेर टेलिफोन नगर्नु राम्रो ।
– गाडीमा हुनुहुन्छ भने झ्याल बन्द गरेर सुरक्षित वस्नुहोस् ।
– नआत्तिनुहोस्, अरुलाई सम्झाउनुहोस् ।
– झरीको प्रभाव र जोखिमको पनि सँगसँगै ख्याल राख्नुहोस् ।