हाम्रो इतिहासः रेडियो राख्न पनि लाइसेन्स, लाइसेन्स हेर्नुहोस्

442
Close up slightly desaturated color photo of a vintage green portable radio sitting on a wood table.

काठमाडौं । हाम्रो नेपालमा कुनै समय घरमा रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो । २००७ सालमा नेपालमा रेडियो नेपालको सुरुवात भएको हो । तर, तेति बेला सबै नेपालीको रेडियो किन्न सक्ने आर्थिक अवस्था पनि थिएन । २०१७ सालपछि बनेको पंचायती सरकारले जनताले रेडियो राख्न चाहेमा रु ५ तिरेर लाइसेन्स दिने नियम बनाएको थियो । आर्थिक वर्ष सकिनु भन्दा अगाडी रु ३ तिरेर घरमा रेडियो राख्न पाउने लाइसेन्स नविकरण गर्नु पर्ने थियो । हाल नेपालमा सरकारी, निजी, सामुदायिक साथै अनलाइन रेडियो सुन्न सकिन्छ । त्यो पनि रेडियो नै किन्नु पर्दैन मोवाइल भए पुग्छ ।

तस्विरः सामाजिक संजालबाट लिइएको हो ।