लोकदोहोरी गायक भीम पौडेलको निधन

55

काठमाडौँ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका उनको गए राति निधन भएको परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उनी केही समयदेखि बिरामी थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए ।