मध्यपुर थिमि नगरपालिकाको नगरसभा सुरु: जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य वीमा

96

भतmपुर । मध्यपुर थिमि नगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रममा समिटिएका मुख्य कुराहरु यस प्रकार छन् । ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य वीमा गर्ने भएकोे छ ।नगरवासीको सहजताको लागि ब्लड बैँक स्थापना गरी निःशुल्क रगत उपलब्ध गराउने भएको छ । विधालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने भएको छ ।
सबै कालोपत्रेको मोटाई अनिवार्य रुपमा कम्तिमा ४० मि.मि को हुनु पनेर्छ ।

मध्यपुर थिमि नगरपालिकाको कला, संस्कृति र सम्पदाको प्रर्बदन गर्न तथा आन्तरिक र बाह्य पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न मध्यपुर महोत्सव को आयोजना गरिने छ ।मध्यपुर थिमिमा सेवा साँस्कृतिक संग्राहलय निमार्ण कार्यको थालनीलाई निरन्तरता दिने भएको छ ।नगरमा घर भाडामा बस्नेहरुको स्थायी ठेगाना र पेशा लगायतका विवरण अनिवार्य रुपमा वडा कार्यलय मार्फत नगरपालिकामा बुझाउने व्यवस्था गरिनेछ । टहरा निमार्ण गरि आवासीय रुपमा बस्ने गरि आवासीय रुपमा बस्ने गरि भाडामा दिने भएको छ ।