सूर्यविनायकलाई उपमहानगरपालिका बनाउन पर्छः एमाले सांसद बस्नेत

89
सांसद महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने बताएका छन् । नगरपालिकाको ११ औं अधिबेशनलाई विहिबार भक्तपुरमा सम्बोधन गर्दै नेता बस्नेतले भने “हाम्रो नगरपालिकाको जनसंख्या झण्डै १ लाख ३३ हजार छ, त्यो भनेको धरान उपमहानगरपालिका सरह हो । ”

त्यसैले सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउन पर्ने सांसद बस्नेतको भनाई छ । “हामीले त्यसकोलागि आवश्यक पूर्वाधारहरु बनाउने गरि काम गर्नु पर्दछ,” सांसद बस्नेतले भने । सडक, ढल निकास, बिजुलीलगायतका सबै पूर्वाधार शान्ति सुरक्षाको व्यवस्था राम्रो भएकाले सूर्यविनायकमा बस्न चाहाने संख्या धेरै भएको समेत बस्नेतको भनाई छ ।

प्रदेश मन्त्री रजनी जोन्छेले सबै जनप्रतिनिधीले समन्वय गरेर मिलेर काम गर्नु पर्ने बताइन् । कार्यक्रममा बागमती प्रदेशका सांसद शसिजंग थापाले तीनै तहको सरकार मिलेर मात्रै देशको विकाश हुने बताए । सांसद थापाले यो सरकारले सूर्यविनायकको बजेट कटौती गरेको अरोप लगाए । वर्तमान प्रदेश सरकारले ठुला योजना भन्दापनि ५ लाख १० लाखका योजनामा बजेट हालेको छ, सांसद बस्नेतले भने ।