तीज गीतमा ब्यङ्ग्यः ‘प्रहरीले समातेसी सुन भयो रे तामा’

59

साउन ९,
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेले संयुक्त रुपमा तिज ‘बोल्नुपर्छ ओई’ सार्वजनिक भएको छ । गायक पौडेल र गायिका पूर्णकला बिसीको स्वर रहेको गीतले नेपाली मौलिक संस्कृतिको महत्व बोकेको छ । गीतमा राज्यका विभिन्न अङ्गका कर्मचारीको ढिलासुस्ती एबम् भ्रष्टाचारका कुरामा पनि चोटिलो प्रहार भएको छ । यथार्थपरक अनि समयसापेक्ष गीत गाउँदै गाएका गायक पौडेलले गीत सबैले मन पराउने बताए । नविनको नयाँ गीतको भिडियो पनि तयार भएको छ । भिडियोमा शंकर विसी र रीना थापाको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=Te_jTtjywFk