Sunday, September 27, 2026
Home समाचार बन्चरेडाँडामा फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाए

बन्चरेडाँडामा फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाए

121

काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाएका छन्। बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्। सोमबार काठमाडौ महानगरपालिका,शहरी विकास मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सहमति गरी मंगलबारदेखि फोहोर उठाउन थालिएको थियो। आफ्नो माग सम्बोधन नगरी अभियन्तालाई बिना जानकारी सहमति गरेको भन्दै आन्दोलन गरेका थिए