Friday, October 2, 2026
Home अर्थ दोर्दी खोला जलविद्युतले आईपीओ बिक्री खुला गर्ने भएको छ

दोर्दी खोला जलविद्युतले आईपीओ बिक्री खुला गर्ने भएको छ

142

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एकसय दरले २१ लाख २५ हजार ५ सय ९ कित्ता शेयर बिक्री गर्न लागेको हो। त्यो मध्ये ६५ हजार ८ सय ६५ कित्ता अर्थात् ३ प्रतिशत कर्मचारीका लागि र १ लाख ९ हजार ७७५ कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी २० लाख १९ हजार ८६९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।शेयर खरिद गर्न चाहनेले जेठ २६ देखि ३१ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।