राजपामा किचलोः पुतला दहनदेखि प्रदेश सचेतकलाई कारबाहीसम्म

108

पुस १४,
काठमाडौं । केही समय अगाडी ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक किचलो छताछुल्ल बाहिर आएको छ। गत मंसिर ४ गते अध्यक्षीय मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाइएपछि सुरु भएको विवादमा राजेन्द्र महतोको पुतला दहनदेखि प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहसम्मलाई कारबाहीको सिफारिस भएबाट राजपामा हलचल उत्पन्न गरेको हो। अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्ला तह सम्म देखिन थालेको छ। गत शुक्रवार संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर बिद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको पुतला दहनसम्म गरिएको छ।