सर्वसाधरणलाई २५ जनाको मापदण्डः मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा १ सय जना सहभागी

58
photo- google

माघ ३,
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् । मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएका छन् । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।