उकालो लाग्यो कोरोना संक्रमण, होशियार बनौं

98

माघ १, काठमाडौ । देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।