एसइईको नतिजा कहिले आउँछ ?

122
फाइल तस्विर

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा राष्ट्रिय परीक्षा बोर्डले य यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ।